पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक(भिडियो)

आउँदो चैत २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार साइराम पिक्चर्स यूट्युब च्यानलबाट सार्वजनिक भएको ट्रेलरमा पुष्पलाई सुस्त मनस्थिति भएको युवकको भूमिकामा चित्रण गरिएको छ । अभिनेता पुष्प खड्का (कृष्ण) र अभिनेत्री श्रद्धा क्षेत्री (लीला) को मुख्य भूमिका रहेको ‘कृष्ण लीला’ को ट्रेलरमा दुईबीचको प्रेम र विछोडलाई पनि देखाइएको छ ।

दीपक ओलीको निर्देशनमा बनेको फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

Leave a Reply