दिपक राज गिरिको प्रमुख आतिथ्यमा ई – गेमिंगको व्यवसायिक सुरुवात[तस्बिरहरू]

नेपालमा सम्भवत पहिलोपटक ई गेमिंगको व्यवसायिक सुरुवात भएको छ । बिहिबार राजधानीको होटेल रोयल सिंगीमा एक कार्यक्रम आयोजना गर्दै खेलाडीहरु र डीआरएस गेमिंगबीच औपचारिक कागजपत्रमा हस्ताक्षर भएको छ । कार्यक्रमको प्रमुख अतिथि कलाकार दिपक राज गिरि रहेका थिए ।

‘द रियल सोल्जर्स’ (डीआरएस) गेमिंग सन् अगस्त २०२० मा अशेष राई र रिजन खत्रीले स्थापना गरेको पब्जी टिम हो । नेपालमा आधिकारिक रुपमा दर्ता नभएको डीआरएस अब आधिकारिक रुपमा कम्पनी दर्ता प्रक्रिया पुरा गरेर अगाडी बढेको छ। सो टिमले नेपालमा पब्जी र ई गेमिंगलाई व्यवसायिक बनाउनु पर्ने कुरालाई पनि आत्मसात गरेका छन् । अशेष र रिजनको सोहि विचारलाई कदर गर्दै उनको टिममा नयाँ साथीहरु पनि जोडिएका छन् । २०२० मै पब्जी मोबाइल ग्लोबल च्याम्पियन्समा सहभागी भइसकेको डीआरएस नेपालकै मुख्य पब्जी टिम हो । अब टिममा अनुबन्धित भएका खेलाडीले मासिक रुपमा तलब र भट्ट प्राप्त गर्नेछन् । त्यससंगै बुटक्याम्प दौरानको सम्पूर्ण खर्च समेत डीआरएस गेमिंगले बेहोर्ने छ । हाललाई खेलाडीहरु एक वर्षको लागि मात्र अनुबन्धित भएका छन् ।

टिममा हाल युगेन लामा (निन्जा) , अजय श्रेष्ठ (एजे) ,निमा तामांग (निमा) ,पेम्बा ग्याल्जेन (ग्याल्जेन ), अज्ञन राई (एमआरबोरो) रहेका छन् । टिमको व्यवस्थापकको भुमिकामा संगिन भट्टराई ( Sang) रहनेछन् । टोलीलाई आवश्यकता अनुसार विदेशी प्रशिक्षकबाट विशेष प्रशिक्षण समेत प्रदान गरिने छ । डीआरएस हाल साउथ एसियन चरणको खेलको तयारीमा रहेको छ । यस अघि राष्ट्रिय स्तरमा विजेता बन्दै डीआरएस साउथ एसियन चरणमा दोस्रो भएको थियो । त्यसपछिको दुबईमा भएको ग्लोबल च्याम्पियनसिपमा भने टोली २० औं स्थानमा परेको थियो । स्थापना भएको ८ महिनामै अन्तराष्ट्रिय लोकप्रियता हासिल गर्न सफल भएको छ र पुरस्कार राशी स्वरुप ४१ लाक रुपैयाँ माथि जितिसकेका छन् ।

कार्यक्रममा बोल्दै कलाकार दिपक राज गिरिले,‘कुनै पनि कुरा व्यवस्थित रुपमा गर्यो भने एकदम राम्रो हुने र अब देखि छोरालाई पनि पब्जी नखेल भनेर गाली नगर्ने बताए ।’ फुटबल खेलाडी रबिन श्रेष्ठले पब्जी खेललाई व्यावसायिक रुपमा अघि लगेकोमा डीआरएस गेमिंगलाई धन्यवाद दिएका छन् । प्लायेरहरूलाई यसले प्रोत्साहन गर्ने पनि उनी बताउछन् ।

Leave a Reply