आज जन्मदिन मनाउँदै नम्रता श्रेष्ठ,कति वर्ष लागिन् त नम्रता?

नेपाली चलचित्र क्षेत्रकी प्रतिभाशाली र सुन्दरी अभिनेत्री नम्रता श्रेष्ठको आज जन्मदिन परेको छ । उनी आइतबारबाट ३५ वर्षमा लागेकी छन् । उनले यसपटक आफ्नो जन्मदिन परिवारसँग मनाउँदैछिन् । कोरोना भाइरसका कारण जारी लकडाउनपछि घरभित्रै सीमित रहेकी उनलाई सामाजिक सञ्जालमा फिल्मकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

चलचित्र ‘सानो संसार’ बाट अभिनय करिअर सुरु गरेकी नम्रता लभस्टोरी चलचित्रमा सबैभन्दा रुचाइएकी अभिनेत्रीमा पर्छिन् । ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक, ‘प्रसाद’ जस्ता फिल्ममा जीवन्त अभिनय गरेर दर्शकको मनमा बस्न सफल भएकी उनले आफूलाई निर्मात्रीको रुपमा पनि चिनाइसकेकी छन् । उनले इन्फा अवार्ड, नेफ्टा अवार्ड, फान अवार्ड, डिसीने अवार्ड, एनएफडीसी अवार्ड, एलजी फिल्म अवार्डमा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जितेकी छिन् । साथै उनी ‘हाम्रो सानो प्रयास ‘ नामक संस्थामा आवद्ध रहेर खाँचोमा परेको मानिसहरुलाई सहयोग पनि गरिरहेकी छिन् । नेपाली चलचित्रकी सुन्दरी अभिनेत्री नम्रता श्रेष्ठलाई जन्मदिनको धेरै धेरै शुभकामना !!

Leave a Reply