तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्दै

सन् २०१७ को सुपरहिट तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने भएको छ । नेपाली चलचित्र निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले चलचित्रको नेपाली भर्सनको निर्माण अनुमति लिएको हो । अर्जुन रेड्डीको नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएका छन् ।

‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्को तर्फबाट केशव खड्काले अमेरिकामा अधिकारी खरिद विक्रीको संझौता गरेका हुन् । यसरी राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो।

साउथ स्टार विजय देवगरकोन्डा अभिनीत यस चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको थियो । यस्तै गत वर्ष चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ प्रदर्शनमा आएको थियो जसले निकै सफलता हात पारेको थियो । बलिउड नायक साहिद कपुर अभिनीत चलचित्रले बक्स अफिसमा ३७९.०२ करोड कमाइ गरेको थियो ।

आफ्नो पहिलो चलचित्र ‘शुभ लभ’बाट चर्चामा आएका अभिनेता तथा ज्योतिष हरिहर अधिकारी अर्जुन रेड्डीको नेपाली भर्सनमा मुख्य भूमिकामा देखिदै छन् । विशेष यस चलचित्रका लागि हरिहर अधिकारीले आफ्नो ज्यान बनाउने काम गर्न थालिसकेका छन् । यद्यपि निर्माणपक्षले केहि आधिकारिक जानकारी भने दिएको छैन ।

युवा फिल्मस्ले ओर्जिनल र हिन्दी भर्सन दुबै सफल भएकाले यसलाई नेपाली भर्सनमा ढाल्नु चुनौतीपूर्ण काम भएको बताएको छ । यो कम्पनीले केही नेपाली चलचित्रको अमेरिका वितरणको काम समेत गरिसकेको छ । निर्माणपक्षले चलचित्रको अन्य टिमको बिषयमा चाडै नै जानकारी गराउने बताएको छ ।

अर्जुन रेड्डीमा विजय देवेकोण्डठ्राले गरेको अभिनयले उनको क्रेजलाई निकै माथि उठायो । त्यसपछि निर्माण भएको बलिउड चलचित्र कविर सिंहले शहिद कपुरको क्रेजलाई एकाएक उचाइमा ल्यायो । अब अभिनेता हरीहरको क्रेजलाई यो चलचित्रले उनिहरुलाई जस्तै माथि उचाइमा पुराउला कि नपुराउला, त्यो हेर्नै बाँकी छ ।

Leave a Reply