मलिका र सलिनमानको ‘यात्रा’ युट्युबमा सार्वजनिक(चलचित्रसहित)

सम्राट शाक्यको कथा एवं निर्देशन रहेको नेपाली चलचित्र ‘यात्रा’ युट्युबमा सार्वजनिक गरिएको छ । सिनेमा हलमा प्रदर्शन गरिएको झण्डै साढे दुई वर्षपछि चलचित्रलाई युट्युबमा सार्वजनिक गरिएको हो । चलचित्र ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

चलचित्रमा सलिनमान बनियाँ र मलिका महत मुख्य भूमिकामा छन् । सुशील पोखरेल निर्माता रहेको चलचित्रमा सलोन बस्नेत, धिरेन शाक्य, रेअर राई, प्रेक्षा बज्राचार्य, जाहन्वी बस्नेत लगायतको पनि अभिनय रहेको छ । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको यात्रालाई सुशील पोखरेल, बिक्रम पराजुली, मुक्ति तिमिल्सिना, रामशरण घिमिरेको लगानी रहेको छ ।

यसको कार्यकारी निर्मातामा सर्जुमान लिगल रहेका छन् । चलचित्रको कथा निर्देशक शाक्यकै हो । उनलाई लेखनमा सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले साथ दिएका छन् । यसलाई सञ्जय लामाले खिचेका हुन् ।

चलचित्रमा सलिनले भ्लगमार्फत् समाजमा ल्याएको परिवर्तनलाई देखाइएको छ । युट्युबमा चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ । शुक्रबार सार्वजनिक चलचित्रले राम्रो भ्युज पाउँदै युट्युब ट्रेण्डिङको दुई नम्बर स्थानमा रहन सफल पनि भएको छ ।

चलचित्र ‘यात्रा’बाट नै मलिकाले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यस्तै, सलिनमानको भने यो दोस्रो चलचित्र हो ।

Leave a Reply