टिम गोर्खालीले आयोजना गरेको फ्री फायर टुर्नामेन्ट सम्पन्न

टिम गोर्खालीको आयोजनामा सुरु भएको सैपाल च्याम्पियनसिप फ्री फायर क्लास स्क्वाड ग्युल्ड टुर्नामेन्ट २०२१ सम्पन्न भएको छ । सैपाल एकेडेमीको सहकार्यमा आयोजित २० दिन लामो ईस्पोटर्स प्रतियोगिता बिहीबार सकिएको हो । प्रतियोगितामा देशभरका ९८ टोलीले प्रतिस्पर्धा गरेका थिए । सैपाल एकेडेमीको प्रमुख प्रायोजन तथा क्युपिड स्टुडियो एसोसिएट र जेनिथ एजुकेसनल कन्सल्टेन्सी, के मार्सल आर्ट, हायर मी, ग्रेस ईभेन्ट र सिक्स्टी थ्री स्टुडियोले नेपाली गेमिङ समुदायलाई सहयोग पुर्‍याउन यो प्रतियोगितालाई साथ दिएका थिए । आयोजक टिम गोर्खालीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्न यो एउटा ठूलो कदम उठाएको बताएको छ । जुन २७, २०२१ बाट सुरु भएको यो प्रतियोगिता जुलाई १७ सम्म चलेको थियो । जसअन्तर्गत पुरस्कार वितरण कार्यक्रम भने जुलाई २२ मा सैपाल एकेडेमी, धुम्बाराहीमा गरिएको हो ।

Leave a Reply