‘लाखे’ को सस्पेन्स थ्रीलर टिजर

मल्टि स्टारर चलचित्र ‘लाखे’ को टिजर शुक्रबार ओएसआर डिजिटलमार्फत दर्शकमाझ ल्याइएको छ । केही समयअघि सार्वजनीक फस्र्टलुक पोस्टरबाटै चर्चा बटुल्न सफल चलचित्रको करिब सवा एक मिनेट लामो टिजरले दर्शकको अपेक्षा झन् बढाएको छ ।

भदौ ३१ गते प्रदर्शन हुने ‘लाखे’ को टिजरबाट चलचित्र सस्पेन्स र थ्रीलले भरिएको आँकलन गर्न सकिन्छ । सम्राट बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल,अनुप बिक्रम शाही,वर्षा राउत, आर्यन अधिकारी,सुशील सिटौला,प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा,सन्जोग राणा,रक्षा बुढाथोकी,कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्र सुसन प्रजापतिले खिचेका हुन् ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरिवन प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा,सम्वाद आकाश बरालले लेखेका हुन । दीपक बज्राचार्यको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन र दीलिप पन्तको प्रोडक्शन डिजाइन रहेको चलचित्रलाई आरआर फिल्मस्को बितरण गर्दैछ ।

निर्देशक सम्राटले ‘लाखे’ हर प्रकारले उत्कृष्ट भरपुर मनोरञ्जक चलचित्र बनेको बताउने गरेका छन् । यसअघि ‘पासवर्ड’ निर्देशन गरेका निर्देशक बस्नेत कहलिएका द्धन्द्ध निर्देशक हुन । त्यसकारण उनको यो चलचित्रमा पनि भरपुर मात्रामा ‘थ्रील’ आश गर्न सकिन्छ ।
टिजर-

Leave a Reply