‘आँधी तुफान २’को नयाँ प्रदर्शन मिति घोषणा, अब माघ २७ मा

वि.सं २०६३ सालमा निर्माण भएको ‘आँधी तुफान’को सिक्वल ‘आँधी तुफान २’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । गत साउन २० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र पोस्टपोन्ड भएको थियो । अब भने चलचित्र आगामी माघ २७ गतेबाट प्रदर्शनमा आउने छ ।

नेपाली समाजमा भइरहेको नारीमाथिको दमन, शोषण र अत्याचारको कथामा बनेको चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, सुदीप आचार्यलगायतको अभिनय छ ।

ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा मौनता श्रेष्ठको कथासँगै पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने ‘आँधी तुफान २’मा सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप, सम्राट थापाको पाश्र्व संगीत, मुख्य सहायक निर्देशक जीवन गौतम रहेका छन् ।

महेन्द्र बुढाथोकी निर्देशित चलचित्र ‘आँधी तुफान’ व्यावसायिक रुपमा सफल पनि भएको थियो। लेडी एक्सन चलचित्र ‘आँधी तुफान’मा पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका थियो ।

Leave a Reply