प्रियंका कार्की निफको जुरीमा मनोनित

अभिनेत्री प्रियंका कार्की ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को जुरी कमिटीमा मनोनित भएकी छन् । आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले फिचर चलचित्र तर्फको जुरी सदस्यमा उनलाई छनोट गरेको हो । प्रियंकासँगै माया एकेडेमीका इन्द्रलाल बलामी पनि जुरीमै मनोनित भएका छन् । बलामी छोटा चलचित्र र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् ।

आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) यस वर्ष ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना हुने नेपाल फिल्म एण्ड कल्चर एकडेमीले अध्यक्ष केपी पाठकले बताए ।

Leave a Reply