दिवेश अमेरिकन आइडलको टप २० मा प्रवेश (भिडियो)

अमेरिकन आइडलमा आफ्नो उत्कृष्ट प्रस्तुती दिदैँ आएका नेपाली ठिटो दिवेश पोखरेलले आफूलाई टप २० मा सुरक्षित गरेका छन् । आइतबार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् । ‘अर्थर गन’को नामबाट परिचित दिवेशले हरेक प्रस्तुतीमा जजबाट ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् । अडिसनदेखि टप २० मा प्रवेश गर्नको लागि दिएको प्रस्तुतीमा पनि उनले जजबाट उत्कृष्ट प्रतिकृया पाएका छन् ।

https://www.youtube.com/watch?v=46P8QcMq2QQ&feature=emb_logo

दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तुती दिएका थिए । हजारौ दर्शकको उपस्थितीमा उनले आफ्नो धमकेदार प्रस्तुती दिएका थिए । उनको प्रस्तुती हेर्न उनको परिवार पनि त्यहाँ उपस्थित थिए । टप २० छान्नको लागि जजलाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको जजहरुले बताएका छन् । दिवेशलाई टप २० मा छान्दै गर्दा जजले भनेका थिए, ‘तिमी उदाउँदो तारा हौ ।’

Leave a Reply