पल,बले र रियाशाको ‘ए है माया’ गीत सार्वजनिक(भिडियोसहित)

लकडाउन खुकुलो भएसँगै सामाजिक दुरी कायम गरेर निर्माण गरिएको पल शाह, सागर लम्साल (बले) र रियाशा दाहालको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पल, बले र रियाशासँगै टिकटकका हिट जोडी सुधीर श्रेष्ठले पनि अभिनय गरेका छन् । सरोज ओली र मेलिना राइको स्वर रहेको गीतमा सरोजकै शब्द र दीपक शर्माको संगीत रहेको छ ।नवराज उप्रेतीको छायांकन रहेको गीतलाई अर्जुन जिसिको सम्पादन रहेको छ ।

‘गज्जब टिभी’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा पल डाक्टर, रियाशा बिरामी, सागर सुरक्षाकर्मी र सुधिर अस्पतालको सफाइ कर्मचारीको रुपमा प्रस्तुत भएका छन् ।विक्रम स्वारको कोरियोग्राफीमा तयार भएको भिडियोलाई सरोजले नै निर्देशन गरेका हुन् । दर्शकहरूले गीतलाई धेरै मनपराएका छन् र गीत ट्रेन्डिङमा आइसकेको छ ।

Leave a Reply