नाजिर हुसेन र शुशिला थापा अभिनित “कति माया” सार्वजनिक(भिडियोसहित)

गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको गीतमा गायक सुमन के.सी. र गायिका प्रबिशा अधिकारीको सुमधुर स्वर रहेको छ। गीतकार अम्बिका गुरुङको शब्द रहेको गीतमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । भिडियोमा नायक नाजिर हुसेन र मोडल सुशिला थापालाई फिचर्ड गरिएको छ । निर्देशक शान थापाको निर्देशन रहेको गीतको भिडियोलाई छायाँकार बुद्ध थापाले छायाँकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस् :

Leave a Reply