पल शाहले उषालाई र सुधिर सुनिषालाई ‘माया गरौँला’ भन्दै (भिडियो)

गायक सरोज ओली र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ । गीतमा दिनेश थपलियाको शब्द र आचार्य कृष्ण भारद्धाजको संगीत रहेको छ । बिहीबार ‘गज्जब टिभी’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा नायक पल शाह,मोडल उषा उप्रेती, सुधिर श्रेष्ठ र सुनिषा बजगाँइ फिचर्ड छन् । सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अमन मानन्धरको सम्पादन छ । प्रेम भावको गीतको भिडियो निकै रमाइलो र राम्रो बनेको छ । भिडियो हेर्नुहोस् :

Leave a Reply