अनमोल र उपासनाको कोरोना परिक्षण

केही हप्ताअघि यमाहाको एक स्कुटरको विज्ञापनको छायांकनमा उपस्थित एक महिलामा कोरोना देखिएपछि चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री उपासना सिंह ठकुरीको स्वाब संकलन गरिएको छ । दुवैको कोरोना परिक्षणको रिपोर्ट भने आएको छैन । न त उनीहरुमा कुनै प्रकारको लक्षण नै देखिएको छ । यमाहाको ब्रान्ड एम्ब्यासडर रहेका अनमोलको केही दिन अगाडि विज्ञापनका लागि फोटोसुट भएको थियो ।

अनमोलको भोलीसम्म रिपोर्ट हातमा पर्नसक्ने उनको भनाई छ । उनी अहिले घरमै आइसोलेसनमा बसेका छन् । उनले परिवारका सदस्यहरुसँग पनि आफूले दूरी बनाएको बताएका छन् । लकडाउनपछि अनमोल विभिन्न कम्पनीको विज्ञापनको भिडियो र फोटोसुटमा व्यस्त छन् । उपासनाको कोरोना रिपोर्ट शुक्रवार साँझसम्म आउने बताइएको छ । अहिले उनी घरमै आइसोलेसनमा बसेकी छन् ।

Leave a Reply