ए.वि इन्टरनेशनल कम्पनीले चलचित्र वितरण गर्ने

गएको भदौमा चलचित्र ‘पासवर्ड’ रिलिज गरेको निर्माण कम्पनिले अब चलचित्र वितरणमा हात हालेको छ । यसै शुक्रबार रिलिज हुने बलिउड चलचित्र ‘मरजावां’बाट कम्पनिले वितरण थालेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ए.वि इन्टरनेशनल प्रा.लिले नेपाली र हिन्दी चलचित्र नेपाल र विदेशमा वितरण गर्न लागेको हो । निर्माण कम्पनीले बुधबार एक विज्ञप्तीमार्फत् यस विषयमा जानकारी गराएको हो ।

ए.वी इन्टरनेशनलले वर्षमा दुईवटा चलचित्र निर्माण गर्ने पनि विज्ञप्तीमा भनिएको छ । यो कम्पनीले निर्माण गरेको दोस्रो चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको प्रमुख भूमिका छ । यो चलचित्र यसै वर्ष प्रदर्शन आउने बताइएको छ ।

नेपाली चलचित्रको विकासका लागि चालेको यो कदममा चलचित्रकर्मीबाट साथ र सहयोग मिल्नेमा कम्पनीको विश्वास छ । ए.वी इन्टरनेशनलले चाँडै अभिनेत्री सन्नी लियोनीलाई लिएर बलिउड चलचित्र बनाउँदैछ ।



Leave a Reply