‘हिजो आजका कुरा’ को छायांकन सुरु

चलचित्र ‘हिजो आजका कुरा’को छायाँकन सुरु भएको छ । पशुपतिस्थित भुवनेश्वरी मन्दिर परिसर ,पशुपतिमा बुधवार चलचित्रका कलाकार र प्राविधिकको उपस्थितिमा चलचित्रको साइत गरिएको हो । यो सँगै चलचित्रको रिलिज मिती पनि घोषणा गरिएको छ । चलचित्र आगामी वर्षको सुरुवात अर्थात बैशाख १२ मा प्रदर्शनमा आउने छ ।

टेलिभिजनमा सफल शृंखलाको नामबाट साकार पन्तले निर्देशनमा डेब्यु गर्दैछन् । चलचित्रमा सन्तोष पन्त र रमा थपलियाको प्रमुख भूमिका रहनेछ । राजधानी र चितवनमा झन्डै ३५ दिन छायाँकन हुने चलचित्रमा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की, रमेश अधिकारी र सविन शाक्यलगायतका कलाकारको पनि अभिनय रहनेछ। विनायक कुइकेल र अनुष्का अधिकारीले यस चलचित्र मार्फत डेब्यु गर्दैछन ।

पन्त फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रलाई कथा सन्तोष पन्त र निर्देशक साकार पन्त , सन्दीप किस्नाको पटकथा, रवि सायमीको छायाँकन र हर्कुलस बस्नेतको संगीत रहनेछ । चलचित्रको सह-निर्मातामा अशोक घिमिरे छन् ।

Leave a Reply