‘ए मेरो हजुर ४’ निर्माण पक्का, मुख्य भूमिकामा अनमोल र सुहाना

गतबर्षको ब्लकबस्टर चलचित्र ‘ए मेरा हजुर ३’को चौथो सिरिज पनि बन्ने भएको छ । चलचित्रमा फेरि पनि अभिनेता अनमोल केसी र सुहाना थापा मुख्य भूमिका रहने पक्का भएको छ ।

‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको जोडी ‘ए मेरो हजुर ४’ मा पनि दोहोरिने भएको हो । अनमोलले शनिबार ‘ए मेरो हजुर ४’ को लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । होम प्रोडक्सनको चलचित्रमा सुहाना भने यसअघि नै फाइनल भैसकेकी थिइन् । अन्य कलाकारहरु को हुने भन्ने फाइनल हुन बाँकी रहेको बताइएको छ।

‘ए मेरो हजुर ३’बाट यो सिरिजमा भित्रिएका अनमोलले चौथों शृंखलामा अभिनेत्री सुहाना थापासँग जोडी बाँध्नेछन् । होम प्रोडक्सनको चलचित्रमा सुहाना यसअघि नै फाइनल भैसकेकी थिइन् । झरना थापाले निर्देशन गर्ने चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् । अनमोल र सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो । यहि चलचित्रबाट डेब्यु गरेकी सुहानाको अभिनयलाई दर्शक र समिक्षकले रुचाएका थिए ।

चलचित्र माघ २० देखि छायाँकनमा जाने भएको छ । चलचित्रको छायाँकन नेपाल, ओमान र होल्याण्डमा हुने निर्माण टोलीले बताएको छ ।

Leave a Reply