चलचित्र गोर्खा वारियमा ‘गोर्खालीको वीरता’(भिडियो)

मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्र ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक गरिएको छ।उनले आफ्ना च्यानल मार्फत सार्वजानिक गरेको दृश्य चलचित्रको ‘स्क्रिन टेस्ट’ का लागि लिइएको हो । सार्वजनिक दृश्यमा गोर्खालीको वीरतालाई लिएर विश्वका प्रसिद्ध हस्तीले दिएको भनाइ र गोर्खालीले सेवा गरिरहेको रेजिमेन्टको बारेमा समेत उल्लेख गरिएको छ । निर्देशक चाम्सको यो ड्रिम प्रोजेक्ट हो । लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा प्रदिप भारद्वाजले लेखेका हुन् ।

सन् २०२१ मा विश्वभर प्रदर्शन हुने भनिएको चलचित्रमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुनसँगै हलिउड कलाकारहरुको पनि अभिनय रहनेछ । यो चलचित्रबाट प्रशान्तले ‘परदेशी’ रिलिजको ४ वर्षपछि नेपाली चलचित्रमा कमब्याक गर्ने भएका छन् । त्यस्तै, यस चलचित्रबाट रितेश चाम्सले नायकको रुपमा डेब्यू गर्दैछन् ।चलचित्रमा गोर्खालीको वीरतालाई फिल्मी शैलीमा प्रस्तुत गरिनेछ भने यसको मेकिङ अन्तराष्ट्रिय स्तरको हुनेछ । चलचित्रको आधा काम हलिउडका प्राविधिकले गर्नेछन् । चलचित्रको सार्वजनिक दृश्य मार्फत आम दर्शकको प्रतिक्रिया पाइने भएकाले उनले यसलाई युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।

Leave a Reply