सौरभको ‘अगस्त्य’मा भित्रिए सौगात मल्ल

सौरभ चौधरीको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’मा अभिनेता सौगात मल्ल भित्रिएका छन् । माघे संक्रान्तिको अवसरमा एक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा सौगातको अभिनय रहने जानकारी गराइएको हो । ‘मिस्टर भर्सटायल’को उपाधि दिइएको पोस्टरमा उनी एक कुकुरका साथमा प्रस्तुत छन् । चलचित्रमा सौगात अगस्त्यको भूमिकामा रहनेछन् ।

निर्देशक चौधरीको ड्रिम प्रोजेक्ट रहेको चलचित्रको शीर्षक हिन्दु धर्मका सप्तऋषिमध्येका एक ऋषिको नामबाट जुराइएको हो । थिम पोस्टरको डिजाइन र नामले फिल्म पूर्ण एक्सन प्रधान हुने बझ्न सकिन्छ ।

फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । सौरभ स्वयंको लेखन रहेको फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । राजेश श्रेष्ठको काँधमा फिल्म खिच्ने जिम्मेवारी छ । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ ।

Leave a Reply