चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीले उम्मेदवारी दिने

नेपाली फिल्मका कलाकारहरूको छाता संस्था नेपाल चलचित्र कलाकार संघले आगामी चैत ४ गतेलाई १९औं महाधिवेशनको मिति तय गरेपछि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न सुरु भएको छ । यस्तैमा चलचित्र कलाकार संघको अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दिने घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चैत ४ गते हुने संघको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जनाएकी हुन् ।

यसअघि अभिनेता सविन श्रेष्ठले अध्यक्ष पद तथा अभिनेता डीबी बम्जनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नमस्कार , यहि चैत ४ गते हुने नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा म रेजिना उप्रेती अध्यक्ष पदमा आफ्नो उम्मेद्बारी दिने घोषणा गर्दछु । सबै ( आदरणीय र प्रिय चलचित्र कर्मि)हरुको सल्लाह र सुझावले म यो निर्णयमा पुगेको हु ।चलचित्र क्षेत्रमा मेरो २४ बर्षको निरन्तरता संघको सदस्य , आजिबन सदस्य हुँदै केन्द्रिय उपाध्यक्ष र बरिस्ठ उपाध्यक्ष भैरहदा यहाँहरु सबैको साथ र सहयोगको लागि आभारी छु । अध्यक्षमा मेरो उम्मेद्बारी संघलाई क्रियाशिल र रचनात्मक बनाउने प्रयास नै हो अध्यक्षको जिम्मेवारीमा रहदा पनि म ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संघको प्रगतिको लागि निरन्तर रहने छु मलाई पुर्ण बिश्वास छ, मेरो अनुभव र निरन्तरताले नयाँ उत्साहका साथ संघलाई अघि बढाउने मेरो प्रयासमा यहाँहरु सबैको सधै साथ र सहयोग रहने छ ।

Leave a Reply