‘चिसो एस्ट्रे’ आजदेखि डिजिटल प्लेटफर्ममा

चलचित्र ‘चिसो एस्ट्रे’ बुधबार अर्थात् आज देखि डिजिटल प्लेटफर्ममा भएको छ । चलचित्र असार १ देखि डिसहोमसहित नेट टीभी, मोमो एप लगायतका प्लेटफर्ममा प्रदर्शन हुने भएको छ। गत चैत ४ मा प्रदर्शनमा आएको चलचित्रले समीक्षकबाट भने राम्रो प्रशंसा पाएको थियो । चलचित्र हेरेपछि सेलिब्रेटीले चलचित्रको कथावाचन र दृश्यभाषा हलिउडस्तरको भएको प्रतिक्रिया दिएका थिए।

कविभूपी शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षककै कविताको भावलाई कथानक स्वरुप दिई निर्माण गरेको चलचित्र दिनेश (दिन्श) पाल्पालीको निर्देशनमा जीवन्त बनेको हो। चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ । कङ्गारु क्रिएसन र लोकलसिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिम्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र शर्मिला पराजुलीले सघाएका छन् । रुपेश ढुङ्गाना र नवीन ढुङ्गाना चलचित्रका सह निर्माता हुन् ।

गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको चलचित्रमा दिनेशले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । चलचित्रमा संगीत अजर जंगमको छ । उज्ज्वल बस्ताकोटीको छायाङ्कन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन रहेको चलचित्र रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गरेका हुन् ।

Leave a Reply