११ वर्षपछि एकै साथ काजोल र अजय पर्दामा

बलिउडका चर्चित जीवनसाथी अजय देवगन र काजोल ११ वर्षपछि पूनः एकैसाथ पर्दामा देखिँदैछन् । चलचित्र ‘तानाजी द अनसङ्ग वारियर’मा काजोल र अजयसँगै देखिने भएका हुन् ।

अजय-कोजोल ऐतिहासिक पृष्ठभूमिमा बन्‍न लागेको चलचित्र ‘तानाजी द अनसङ्ग वारियर’ यो वर्षको नोभेम्बरमा सार्वजनिक हुनु पर्नेमा आउँदो १० जनवरी सन् २०२०मा सार्वजनिक हुँदैछ।

यस चलचित्रमा शिवाजीको सेनाको एउटा सैनिक तानाजी मालुसरेकाे जीवनमा आधारित रहेको छ। उक्त चलचित्रको माध्‍यमबाट अजय देवगनले आफ्नी श्रीमती काजोललाई ११ वर्षपछि स्क्रिनमा ल्‍याउन लागेका हुन्। काजोल यसअघि सन् २००८मा ‘यू मी तथा हम’ चलचित्रमा एक साथ देखिएकी थिइन्।

चलचित्रबारे अजयले आफ्नो ट्वीटर मार्फत भनेका छन्, ‘हामी दुवै जना (पति-पत्नी) मालुसरेको बारेमा स्कूलको समयमा पढेका थियौ। तर अहिले समय बदलिएको छ। मानिसहरु अहिले यस्तै कहानीहरु खोजिरहेका छन्। यसकारण हामी यो इतिहासमा चर्चित व्‍यक्तिको भूमिका निर्वाह गर्दैछौ।’

उक्त चलचित्रको निर्देशन ओम रावतले गरेका छन् भने अजय र भूषण कुमार चलचित्रका निर्माता हुन्।

Leave a Reply