‘सेल्फी किङ्ग’मा विपिनको नयाँ लुक्स

प्रदर्शन मिति तय गर्दै चलचित्र ‘सेल्फी किंङ’को फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा विपिनलाई मात्र समावेश गरिएको छ । विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको चलचित्र आगामी माघ २४ मा अल नेपाल प्रदर्शनमा आउने भएको छ ।

विपिन कार्कीको चलचित्र भित्रको गेटअप यो पोष्टरले पुष्टी गर्न खोजेको छ । आँखामा गाजल र ओठमा रातो रङ्गको लिपिस्टिक लगाएका उनको कपाल निकै लामो देख्न सकिन्छ भने उनी निकै गम्भीर मुद्रामा देखिन्छन् । ‘सेल्फी किङ’को नामले परिचित एक चर्चित हास्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने सङ्घर्षको कथा बोकेको चलचित्रमा विपिन कार्कीले गोपाल दाहाल अर्थात् हाँस्य कलाकारको भूमिका निर्वाह गरेका छन् ।

विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गरेकी छिन । सुभाष थापा र निर्देशक दिनेश राउतले निर्माण गरेको चलचित्रमा निर्देशक सापकोटाको लेखन छ । सुभाष र दिनेशले गत वर्षको चर्चित चलचित्र ‘प्रसाद’मा सहकार्य गरेका थिए ।

राजेश बिसुराल र प्रवल कोइराला सह-निर्माता रहेको चलचित्रमा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द,अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी छ ।

Leave a Reply