बुद्धि तामाङ विवाह बन्धनमा बाँधिदै

अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनले असोज ७ गते शुक्रवार (भोली) मकवानपुरकी अनु थिङ तामाङसँग तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । बुद्धिको अनुसँग मागी विवाह हुन लागेको हो । उनीहरुको विवाह समारोह शुक्रबार कौशलटारको एक पार्टी प्यालेसमा हुँदैछ । ३० वर्षीया अनु थिङ अहिले अध्ययनरत छिन् । परिवारको माध्यमबाट अनुसँग भेट भएको बुद्दिले जानकारी दिएका छन् ।

Leave a Reply