‘चपली हाइट ३’को शुभमुहुर्त,मंसिर ५ गतेबाट छायांकन (भिडियो)

७ वर्षअघिको अभिनेत्री विनिता बराल स्टारर सुपरहिट चलचित्र ‘चपली हाइट’ को तेस्रो सिरिजको शुभ मुहूर्त गरिएको छ । कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । महूर्त समारोहमा अभिनेत्री द्वय स्वस्तिमा खड्का र सुपुष्पा भट्ट, अभिनेता आमिर गौतम, नव-अभिनेता द्वय महेश त्रिपाठी र प्रतिक श्रेष्ठसँगै निर्माता अर्जुन कुमार, निर्देशक निकेश खड्कालगायत उपस्थित थिए ।

अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशनमा तयार हुने चलचित्र ‘चपली हाईट ३’ मङ्सिर ५ गतेबाट फ्लोअरमा जादैछ। चलचित्रमा आमिर गौतम, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र प्रतिक श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ। फिल्ममा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ ।

अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो भूमिकालाई लिएर भनिन , ‘चलचित्रको छायांकन सुरु नभएकाले पनि म अझै मेरो भूमिकालाई लिएर दोधारमा छु । म कुनै भूमिकामा पुरै प्रवेश त गर्दिनँ । मेरो दिमागमा मैले पाएको भूमिकालाई यसरी गर्ने भन्ने त छ । तर, छायांकनमा गएपछि त्यसले गती लिन्छ होला ।’

चैतमा प्रदर्शनमा ल्याउने तयारी गरिएको ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो ।

Leave a Reply