‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

कोरीबाटी,काठमाडौँ

आउँदो असोज २४ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको चलचित्र ‘छ माया छपक्कै’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा बेमेल जोडीको प्रेम–कथालाई प्रस्तुत गरिएको छ, जहाँ दीपकराज गिरीको उमेर ४२ वर्ष र केही अधिकारीको उमेर २४ वर्ष देखाइएको छ ।

ट्रेलरमा दीपक र केकीको रोमान्टिक लभस्टोरीका साथै राजनीतिक खिचातानीको कुरालाई प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका प्रमुख कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फिचर्ड छन् । ट्रेलरले चलचित्र कमेडी प्रधान रहेको प्रस्ट्याउँछ ।

दीपेन्द्र लामा निर्देशित चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे, जितु नेपाल, शुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर बंदेल, अनुराग कुँवर, विष्णु सापकोटा, सविन बास्तोला, बसन्त भट्ट, शारदा गिरी, दीपक क्षेत्री, सुनिता गौतम, बुद्धि तामाङ, रजनी गुरुङ, कुमार गजुरेल लगाएत कलाकारहरु मुख्य भूमिकामा छन् भने कथा पनि निर्देशक लामा आफैले लेखेका हुन् ।

रोहित अधिकारी फिल्मस र आमा सरश्वती मुभिजको संयुक्त ब्यानरमा बनेको ‘छ माया छपक्कै’लाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरिरहेका छन् । कार्यकारी निर्माताको रुपमा केदार प्रसाद घिमिरे र जितु नेपाल रहेको छन्, भने सह–निर्माताको रुपमा ताराचन्द्र बजागाई, सुमन गिरी, केशव न्यौपाने, दीपेन्द्र खनिया, सुरज बम ठकुरी र रविन डाँगी रहेका छन् ।

दीपकराज गिरीको पटकथा रहेको चलचित्रलाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ ।

Leave a Reply