कबड्डी ३ ले रेकर्ड बनायो: दुई दिनकाे कमाई ३ करोड २५ लाख (भिडियो सहित)

असोज तीन गते शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र कबड्डी कबड्डी कबड्डीले पहिलो र दोस्रो दिन दुबैमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको रेकर्ड रोखको छ ।

यस चलचित्रले रिलिजको पहलिो दिनमै एक करोड ४७ लाखको व्यापार गरेको थियो भने दोस्रो दिनमा एक करोड ७८ लाख कमाउन सफल भएको छ । पहिलो दिन भन्दा दोस्रो दिनमा ३१ लाखको व्यापार भएको छ ।

शनिबार राजधानीबाट ९२ लाख कलेक्सन गरेको ‘कबड्डी ३’ले मोफसलमा ८६ लाख व्यापार गरेको वितरक कम्पनि ‘स्टेशन ५’ले जानकारी दिएको छ । दुई दिनमा चलचित्रको टोटल ग्रस ३ करोड २५ लाख पुगेको छ ।  राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्सहरुमा कब्जा जमाएको यो फिल्मले शुक्रबार क्यूएफएक्स चेनमा बिहानदेखि साँझसम्म ९५ प्रतिशतको आसपासमा अकुपेन्सी कायम गरेको थियो।

क्यूएफएक्सले आफ्नो देशभर छरिएका ९ स्टेशनमा शुक्रबारका लागि कुल ६२ सोज बाँडेको थियो । राजधानीका पाँच स्टेशनमा फिल्मलाई बाँडिएको ३८ सोज शुक्रबार सबै हाउसफुल भए । भने, मोफसलका स्टेशनमा पनि दर्शक भरिभराउ देखिए । ७६ सालमा चलचित्रले आसातित ब्यापार नगरेको अवस्थामा यस चलचित्रले निर्मातालाई केही राहत मिल्ने पक्का छ । चलचित्र हेरेका दर्शक सन्तुष्ट भएर निस्किएका छन् ।

शुक्रबार फिल्म हेर्न हलमा उत्रिएको भीड देखेर शनिबारका लागि क्यूएफएक्सले तीन सोज बढाएको छ । राजधानीमा सञ्चालित अन्य मल्टीप्लेक्सहरुले पनि शनिबारका लागि फिल्मको सोजमा वृद्धि गरेका छन् । एफक्यूब सिनेमाजले फिल्मलाई २ सोज बढाउँदा विग सिनेमा, सिडिसी सिनेमा र क्यूजले समान्तर १/१ सोज थपेका छन् ।

रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्रमा कर्मा, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राइ, बिजय बराल, माओत्से गुरुङ, लुनिभा तुलाधर बिजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के. राइ, डी.बी गुरुङ, राजेन्द्र थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्य गरेका छन् ।  शैलेन्द्र डि. कार्कीले खिचेको चलचित्रमा बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।

Leave a Reply