‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक

कोरीबाटी ,काठमाडौँ

महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते प्रदर्शनमा आउन लागेको मल्टीस्टारर चलचित्र‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।  २ वर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र ‘लप्पन छप्पन’को दोस्रो सिरिजको फस्टलुक पोस्टरमा अभिनेता सौगात मल्ल र अर्पण थापालाई मात्र रहेका छन् । पोस्टरमा सौगात र अर्पणलाई निकै फरक लुक्समा देख्न सकिन्छ ।

पोस्टरमा देखिएको यी दुईको फरक लुक्सले दर्शकमा उत्सुकता र कौतुहलता जागृत गर्न सफल हुने देखिन्छ । पोस्टरको पृष्ठभूमिमा चलचित्रका केही कलाकारहरु फ्रान्सको राजधानी पेरिसस्थित आइफिल टावरतर्फ हेर्दै गरेको देख्न सकिन्छ ।

मुकुन्द भट्टले निर्देशन गर्ने चलचित्रमा मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, देवु श्रेष्ठ, सुरविना कार्की, सिर्जना सिना, सन्नी ढकाल र फाजिल अहमदको पनि अभिनय रहेको छ । चलचित्रको बाँकी छायांकन अस्ट्रेलियामा हुँदैछ ।

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्स ब्यानरमा निर्माण हुने चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्नेछन् भने चिज कुमार श्रेष्ठ र प्रजापती शिवाकोटी मिलेर निर्माण गर्नेछन् । प्रकास कुँवर र निर्मलकुमार मिश्र कार्यकारी निर्माता रहेको चलचित्रको सह-निर्मातामा उमेश पोखरेल, सोनु गुरुङ श्रेष्ठ र खिलेन्द्र तिम्सिना छन् । सुरेन्द्र पौडेलको सम्पादन रहने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्

Leave a Reply