रेखाको प्रश्न : नेपालमा केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय पाउने हो र ?

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक तीन वर्षदेखि प्रेमसम्बन्धमा रहेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीसँग विवाह गर्न चाहन्थे । तर जाजकोटका युवा नवराज विश्वकर्माले प्रेम गरेका कारण नै ज्यान गुमाउनु पर्यो। दलित भएर उपल्लो जातकको केटिसंग प्रेम गरेकै कारण उनि र उनका साथीले ज्यान गुमाए।आफ्नी प्रेमिका लिन भनेर गएका नवराज विक र उनका साथीको गरिएको निर्मम हत्याको अनुसन्धान प्रशासनिक रूपमा चलिरहेको छ । यसै समयमा दोषी कुनै हालतमा उम्कन पाउनुहुँदैन भन्ने आवाज उठिरहेको छ । यति बेला सामाजिक सञ्जालमा नवराजकी प्रेमिका सुष्मा मल्ल विरुद्ध थुप्रै टीकाटिप्पणी भइरहेका छन् । उनको चरित्र हत्या गर्ने देखी हत्यामा उनी नै संलग्न भएको आरोप उनलाई लगाइएको छ । सामाजिक सञ्जालमा उक्त किशोरीलाई तल्लो तहमा पुगेर गालीसमेत गरिएको छ ।

यो विषयमा रेखा थापाले घटनाकी प्रेमीकाको बचाउमा आवाज उठाएकी छन् । उनले दोषीलाई कारवाहीको माग गर्दै किशोरीमाथि चरित्र हत्या नगर्न आग्रह गरेकी छन् । नेपालमा केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय पाउने हो ? भन्ने प्रश्न गर्दै रेखाले एउटा किशोरीको जीवन बर्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोलि कसैलाई माया नगर्ने उनको भनाइ छ ।

यस्ताे छ रेखाले लेखेकी फेसबुक पोस्ट : रुकुम घटनाका दोसी माथि कर्वाही र पीडितलाई अबिलम्म्ब न्याय दियियोस । यस घटनामा जोडीएकी किशोरिको बारेमा जसरी चरित्र हत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पीडित वर्ग माथि प्रहार भयो भन्ने लाग्छ । समाज बिरुद्द अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त? दोषिलाई कानुनी कार्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइज्यत गरेर मात्र न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ? समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गाली गर्नु छ गरे हुन्छ I एउटा केटी मान्छेको पेटिकोट समातेर बिद्रोह हुन्छ ? दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिन्सा र प्रताडना दिएको कारण ति किशोरि नदिमा हाम्फलेमा कस्ले जवाफ दिन्छ ? अन्तर्जातिय प्रेम गरेको सट्टा जसरी उस्को चरित्र हत्या हुँदैछ, यसले जातिबादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ । राज्य सँग लडनु पर्‍यो नि, एउटा १७ बर्ष कि किशोरिलाई मानसिक र सामाजिक उत्पिडन किन ? दोषी भये कानुनी कार्वाही गरियोस । यो नबिर्सौ कि एउटा किशोरिको जीवन बर्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन ।

Leave a Reply