करिश्माले रेखा थापाको लागि मागिन् भोट

अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेदवार अभिनेत्री रेखा थापाको लागि भोट मागेकी छन् । रेखा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। सो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट डा. सुनिल शर्मा उम्मेदवार बनेका छन् । आफ्नै पार्टीको उम्मेदवार ढकाललाई नभई करिश्माले रेखा थापाका लागि सामाजिक सञ्जालमार्फत भोट मागेकी छन् ।

मानन्धरले फेसबुकमा लेखेकी छन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्बाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानीको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्‍याउने हो । यो संघर्षमा सामिल योद्धा रेखा थापालाई भोट गर्नका लागि आग्रह गर्दछु ।’

Leave a Reply