‘इ-सेवा’को प्रस्तुतिमा ‘कोरिबाटी फिल्मी क्विज’ सिजन २

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि देशव्यापी गरेको लकडाउनको समयमा विशेष गरी घरमै समय बिताइरहेका दर्शकहरुको मनोरंजनको उद्देश्यले सुरु भएको कार्यक्रम हो , ‘कोरिबाटी फिल्मी क्विज’। जनजीवनलाई सहज पार्न सरकारले लकडाउन अन्त्य गरे पनि अहिले सम्म कोरोना महामारीको जोखिम टरिसकेको भने छैन । लकडाउन अन्त्य भएसंगै ‘कोरिबाटी फिल्मी क्विज’ पनि हरेक दिन दर्शक माझ आउन बन्द भयो । तर सधैको लागि भने होइन । दर्शक र ‘कोरिबाटी फिल्मी क्विज’को साथ त्यतिमा सकिएको भने होइन । दर्शकको माया, साथ र रुचिलाई मध्यनजर गर्दै ‘कोरिबाटी फिल्मी क्विज’ फेरी पनि आफ्नो दर्शक माझ फर्किसकेको छ ।

‘कोरिबाटी फिल्मी क्विज’ गएको पाँच हप्ता देखि सुरु भएको छ । उक्त कार्यक्रम हरेक हप्ता शुक्रवारको दिन साँझको ठिक ७ बजे ‘कोरिबाटी’को फेसबुक र ‘कोरिबाटी टिभी ’ युट्युब लाइभ मार्फत आउने गर्दछ । ‘इ-सेवा’ मुख्य प्रायोजक रहेको यस ‘कोरिबाटी फिल्मी क्विज’मा विश्वभरका जो कोहीले पनि सहाभागिता जनाउन पाउनेछन् । क्विजमा नेपाली चलचित्र,संगीत र मनोरंजन क्षेत्रसंग सम्बन्धित दश वटा प्रश्न सोधिनेछ। दश वटा प्रश्न मध्य जसले पहिले धेरै सहि उत्तर दिनुहुन्छ उनि विजेता बन्नु हुनेछ । विजेता फेसबुक र युट्युब जुनमार्फत पनि बन्न सक्नुहुनेछ । तर युट्युब मार्फत जवाफ मिलाउने सहभागीलाई भने एउटा विशेष फाइदा पनि रहेको छ । युट्युबमार्फत जवाफ मिलाउने सहभागीले ‘कोइला मल्टी कुजिन रेस्टुरेन्ट’को तर्फबाट दुई जनाको लागि एउटा स्न्याक कुपन पनि पाउनु हुनेछ । फेसबुक होस् वा युट्युबमार्फत दश वटा प्रश्न मध्य जसले पहिले धेरै सहि उत्तर दिन्छ उसले ‘इ-सेवा’ मार्फत दुई हजार रुपैयाँ पाउन सक्नेछ ।

‘बिएमडब्लू कन्सल्टेन्सी’,‘कोइला मल्टी कुजिन रेस्टुरेन्ट’ र ‘इजी लिंक रेमिटेन्स’ द्वारा संचालित ‘कोरिबाटी फिल्मी क्विज’ लाई ‘रुटिन अफ नेपाल बन्द’,‘सुमेरु ट्रावल एण्ड टुर्स’ र ‘काठमाण्डौ लैंग्वेज एकेडेमी’ले पनि साथ दिएको छ। र क्विजको सोसियल मिडिया पार्टनर भने ‘थग लाइफ नेपाल’ , ‘मिम नेपाल’ र ‘ट्रोल नेपाल’ रहेका छन् ।

Leave a Reply