बलिउड चलचित्रसँग कथा मिलेपछि निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’ नबन्ने

निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहने तय भएको चलचित्र ‘दिमाग खराब’ अब नबन्ने भएको छ । एक बलिउड चलचित्रसँग कथा मिलेपछि चलचित्र ‘दिमाग खराब’ अब स्क्रिप्टमै थन्किने भएको हो । चलचित्रमा निश्चल विदेशबाट फर्किएको युवक र स्वस्तिमा विदेश जान मरिहत्ते गर्ने युवतीको भूमिकामा देखिने बताइएको थियो । बलिउड चलचित्र ‘मोतीचुर चकनाचुर’ सँग ‘दिमाग खराब’ को कन्सेप्ट धेरै हदसम्म मिल्न गएपछि फिल्म नबन्ने चलचित्रका निर्देशक सिमोस सुनुवारले जानकारी दिएका हुन् । चलचित्र ‘दिमाग खराब’ नबन्ने भएपछि निर्देशक सिमोस सुनवार ‘झ्यानाकुटी-२’ को तयारीमा जुटेका छन् भने निश्चल यतिबेला आफैं चलचित्र निर्देशन गर्ने तयारीमा छन् ।

Leave a Reply