‘प्रेम गीत ४’ को तयारीमा सन्तोष सेन

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण निर्माण सम्पन्न भएर प्रदर्शनको तयारीमा रहेको ‘प्रेम गीत ३’ तोकिएको मितिमा रिलिज हुन पाएन । ‘प्रेम गीत–३’ प्रदर्शन हुन नपाउँदा निर्माता-निर्देशक सन्तोष सेन चलचित्र ‘प्रेम गीत ४’ को तयारीमा जुटेका छन् । ‘प्रेम गीत ४’को आइडियामा काम भइरहेको छ । हाम्रो टिम नै बसेर चलचित्रको आइडियामा काम गरिरहेको छ,” सन्तोष भन्छन् । उनको टिममा प्रदीप खड्का र क्षेतेन गुरुङ छन् । एउटा दमदार विषय वस्तु तयार गर्न निकै समय खर्चिनु पर्ने रहेछ भन्ने कुरा ‘प्रेम गीत ३’ को अनुभवले सिकाएको र अहिलेको फुर्सद को समयलाई सदुपयोग गर्दै उत्कृष्ट विषय छनोट गर्ने क्रममा रहेको सन्तोष सेन बताउँछन् । यसैबीच उनले यहीअघि लकडाउनमा अर्को नयाँ चलचित्रको तयारी गरेका थिए । कमेडी लभ स्टारी जानरामा सन्तोषसहित उनको टिमले काम गरेको थियो ।

Leave a Reply