राजेश हमाल कान्तिपुर टेलिभिजनमा कार्यक्रम ‘जातको प्रश्न’ लिएर आउँदै(भिडियो)

अभिनेता राजेश हमाल टेलिभिजन कार्यक्रम मार्फत सानो पर्दामा देखिन लागेका छन् । उनी टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ लिएर आफ्ना दर्शकमाझ आउने भएका छन् । विभिन्न टेलिभिजन कार्यक्रम सञ्चालन गरिसकेका अभिनेता हमाल अब कान्तिपुर टेलिभिजनमा ‘जातको प्रश्न’ नामक कार्यक्रम लिएर आउन लागेका हुन् ।

‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजन मार्फत आगामी शनिबारबाट नियमित प्रसारण हुन लागेको हो । साँझ साढे ६ बजे प्रशारण हुने सो कार्यक्रम समता फाउन्डेशनको प्रस्तुति रहेको छ । अभिनेता हमाल कार्यक्रम सञ्चालकको रुपमा आउन लागेका हुन् । कार्यक्रम ‘जातको प्रश्न’को परिचय भिडियो हेर्नुस् :

Leave a Reply