कलाकार गोपाल राउतको निधन

कलाकार गोपाल राउतको निधन भएको छ । राउतको ५८ वर्षको उमेरमा निधन भएको हो । सोमवार विहान हृदयघातका कारण अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा उनको निधन भएको हो । उनी केही वर्षयता स-परिवार अमेरिकामा बस्दै आएका थिए । उनको एक श्रीमती, दुई छोरा र एक बुहारी छन् । ‘रुपमती’, ‘गुलाफ एकैपटक फुल्छ’ उनी अभिनीत लोकप्रिय टेलिश्रृंखला हुन् । त्यस्तै, ‘१६ बर्षे जोवन’, ‘सन्यास’, ‘अर्जुन’, ‘प्रेमयुद्ध’, ‘दोधार’ लगायतका फिल्ममा उनले सम्झनलायक अभिनय गरेका थिए ।

Leave a Reply