‘कठपुतली’को ट्रेलर सार्वजनिक,दरबारभित्रको कथा भन्ने(भिडियो)

हरर जनराको चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरुको शासन कालमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ ।

भिमसेन लामाको निर्देशन रहेको यस चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जितेको यो चलचित्रमा सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको छ ।

चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर चलचित्रभन्दा भिन्न रहेको निर्देशक लामाले बताएका छन् । उनी यो चलचित्र आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन् । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको यो चलचित्र ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’ मा पनि छानिएको छ ।  अंग्रेजी नयाँ बर्ष (२०२२) को अवसर पारेर आउँदो पुष १५ गते (डिसेम्बर ३०) चलचित्र प्रदर्शन हुनेछ ।

ट्रेलर हेर्नुहोस् :-

Leave a Reply