कोरोना संक्रमितको उपचारका लागि अभिनेता प्रभासले गरे ४ करोड सहयोग

‘बाहुबली’ फेम्ड अभिनेता प्रभासले कोरोना संक्रमितको उपचारका लागि ठूलो रकम सहयोग गरेका छन् । उनले प्रधानमन्त्री र मुख्यमन्त्री राहत कोषमा भारतीय ४ करोड (नेपाली ६ करोड ४ लाख) सहयोग गर्ने घोषणा गरेका छन् ।

अभिनेता प्रभासले २६ मार्चमा यो घोषणा गरेका हुन् । उनले ३ करोड प्रधानमन्त्री राहत कोष र बाँकी १ करोडमध्ये ५०–५० लाख आन्ध्र प्रदेश र तेलंगाना राज्यका मुख्यमन्त्री राहत कोषमा दिने घोषणा गरेका हुन् ।

उनी जर्जियाबाट फर्किएपश्चात् सेल्फ आइसोलेसनमा बसेर सरकारको लकडाउन निर्णयलाई साथ दिइरहेका छन् ।

Leave a Reply