गायक यम बरालले आफ्नो चर्चित गीत ‘बादलुको घुम्टोले’ माथि चलचित्र निर्माण गर्दै

गायक यम बरालले आफ्नो चर्चित गीत ‘बादलुको घुम्टोले’मा आधारित रहेर चलचित्र निर्माण गर्ने भएका छन् । झण्डै तीन दशकअघिको सदाबहार गीत ‘बादलुको घुम्टोले’को स्थायी शब्द ‘तिमीलाई सम्झिँदा’माथि बरालले चलचित्र निर्माण गर्न लागेका हुन् । गीतको म्युजिक भिडियो समेत बनेको छैन ।

‘बादलुको घुम्टोले’ गीतको नयाँ संस्करण चलचित्रमा समावेश गर्ने तयारीमा गायक बराल रहेका छन् । म्युजिकल लभस्टोरी कथामा बन्न लागेको चलचित्रमा गायक बराल आफैं गायकको भूमिकामा देखिन सक्नेछन् । छिट्टै आधिकारिक घोषणा गरिने चलचित्रको लागि कलाकार र निर्देशक तय हुन बाँकी रहेको छ । चलचित्रको कथाअनुसार नयाँ कलाकारको अभिनय रहने सम्भावना रहेको छ ।

अमेरिकामा बसोबास गरिरहेका डेभिड लाम्नागेसँग मिलेर बरालले निर्माण गर्न लागेको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन् । चलचित्रको इलाम, झापा र मुलुकका अन्य पर्यटकीय स्थलमा छायांकन गर्ने तयारी गरिएको छ ।

Leave a Reply