हर्क साम्पाङमाथि बन्न लागेको डकुमेन्ट्री फिल्मको शुभसाइत

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि डकुमेन्ट्री फिल्म निर्माण सुरु भएको छ । ‘हर्क साम्पाङ अ रिभोलुसन’ नाममा निर्माण गरिने डकुमेन्ट्रीको सोमबार मेयर साम्पाङले शुभसाइत गरेका छन् ।

चलचित्र निर्देशक समाजका महासचिव समेत रहेका अरुणकुमार प्रधानले निर्देशन गर्ने यो फिल्मले मेयर साम्पाङले सञ्चालन गरिरहेको कोकाहा खानेपानी योजना अभियानलाई चित्रण गर्नेछ ।

स्थानीय सिन्दूरपुछा डाँडामा आयोजित समारोहमा मेयर साम्पाङले क्ल्याप पड्काउँदै छायांकन सुरु भएको जनाउ दिए । शुभसाइत समारोहमा कलाकर्मी र जनश्रमदानमा खटिएका स्थानीय सहभागी थिए । मेयरले कल्याप पड्काएपछि केही दृश्य खिचिएको निर्देशक प्रधानले बताए ।

Leave a Reply