परिजिता बास्तोला ‘द भ्वाइस’को सेमिफाइनलमा

नेपालीमूलकी परिजिता बास्तोला अमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’को अन्तिम ८ मा प्रवेश गरेकी छन् । बुधबार भएको एपिसोडबाट दुई जना बाहिरिएका छन् भने परिजिता अन्तिम आठमा अर्थात् सेमीफाइनलमा प्रवेश गरेकी छन् । उनले यो एपिसोडमा एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन् । आफ्नो गीत परिजिताले गाएपछि क्यानडेली गायिका काराले इन्स्टाग्राम सन्देशमार्फत बधाई दिएकी छन् ।

जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी उनी ‘द भ्वाइस’मा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् । परिजिताले भिडियो सन्देश जारी गर्दै आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् ।

Leave a Reply