सौरभ चौधरीको लेखन तथा निर्देशनमा ‘अगस्त्य’ निर्माण हुने

सौरभ चौधरीको लेखन तथा निर्देशनमा चलचित्र ‘अगस्त्य’ निर्माण हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ तथा १०औं राष्ट्रिय टोपी दिवसको अवसर पारेर चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’ च्याप्टर वानको निर्माण घोषणा गरिएको छ । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम सार्वजनिक गरिएको हो । हिन्दु धर्मका सप्तऋषिमध्येका एक ऋषिको नामबाट फिल्मको शीर्षक जुराइएको हो । थिम पोस्टरको डिजाइन र नामले फिल्म पूर्ण एक्सन प्रधान हुने बझ्न सकिन्छ ।

Leave a Reply