वर्षा सिवाकोटी चलचित्र ‘कालिपुरुष’मा अनुबन्धित

नायिका वर्षा सिवाकोटीले नयाँ चलचित्र ‘कालिपुरुष’ साइन गरेकी छिन् । राघव आचार्यको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा मानकृष्ण महर्जनको छायांकन रहनेछ । यो चलचित्रमा नव–नायक रमेश बाँनियाको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको अन्य टिम विस्तारै फाइनल गर्दै लैजाने निर्माणपक्षले बताएको छ । इभाना इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रको छायांकन फागुणको अन्तिम साताबाट सुरु हुनेछ । “कलिपुरुष” मा आवद्ध हुन पाएकोमा वर्षा खुशी रहेको र सबैको माया र साथको अपेक्षा गरेको पनि बताएकी बताएकी छिन् ।

Leave a Reply