प्रभास र दीपिकाको ‘प्रोजेक्ट के’मा भित्रिइन् दिशा पटानी

अभिनेता प्रभास, अभिनेत्री दीपिका पादुकोण र अभिनेता अमिताभ बच्चनको मुख्य भूमिका रहने चलचित्र ‘प्रोजेक्ट के’ मा अभिनेत्री दिशा पटानी भित्रिएकी छन् । अभिनेत्री दिशाले आफू चलचित्रमा भित्रिएको सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् । उनले इन्स्टाग्राम स्टोरीमा चलचित्रका निर्माताहरूले पठाएको उपहार ह्याम्परको फोटो सेयर गरेकी थिइन् । जसमा लेखिएको थियो, “प्रिय दिशा, प्रोजेक्ट के ले तपाईलाई स्वागत गर्दछ। तपाईलाई चलचित्रमा अनुबन्ध गर्न पाउँदा हामी हर्षित छौं,”।

चलचित्रको निर्देशन नाग अश्विनले गर्दैछन् । भारतीय समाचारमाध्यमका अनुसार चलचित्र महँगो भारतिय चलचित्र मध्ये एक हुनेछ । चलचित्रको सुटिङ रामोजी फिल्म सिटीमा बनाइएको एक बिशाल सेटमा भइरहेको छ । चलचित्र तेलुगूका अलवा तमिल, कन्नड, मलयालमको साथमा हिन्दी भाषामा समेत प्रदर्शन हुनेछ ।

Leave a Reply