‘पशुपति प्रसाद २ : भष्मे डन’को छायांकन सुरु

लोकप्रिय चलचित्र ‘पशुपति प्रसाद’को फ्रेञ्चाइज सिक्वेल ‘भष्मे डन’को छायांकन सुरु भएको छ । शुक्रबारदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा चलचित्रको शीर्ष भूमिकामा रहेका विपिन कार्कीको केही दृश्यसँगै छायांकन थालिएको हो ।

पहिलो दिन विपिनसहित स्वस्तिमा खड्का र प्रकाश घिमिरेको दृश्य छायांकन गर्ने तयारी छ । छायांकन सेटबाट सार्वजनिक तस्वीरमा विपिनलाई भष्मे डनकै हुलियामा देख्न सकिन्छ ।

खगेन्द्र लामिछानेको निर्माण तथा पटकथा रहने चलचित्रमा सौगात मल्ल, वर्षा सिवाकोटी, रविन्द्रसिंह बानियाँ, मिश्री थापा, सजन मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतका कलाकारको पनि अभिनय रहने छ ।

आज भन्दा ७ वर्ष अगाडी रिलिज भएको ‘पशुपति प्रसाद’ व्यावसायिक र समिक्षात्मक रुपमा अब्बल सावित भएको थियो ।

चलचित्र २०८० सालको दशैँ अवसर पारेर फूलपातीमा रिलिज हुनेछ ।
कृष्ण भारद्वाज र सुवास भुषालको संगीत रहने सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दिर्घ खड्काको सम्पादन रहनेछ । निर्माण कम्पनि टुकी आर्टस प्रालिले ‘पशुपति प्रसाद’सहित ‘धनपति’ र ‘पानीफोटो’ जस्ता मौलिक सिनेमा निर्माण गरिसकेको छ ।
चलचित्रको छायांकन सेड्युल ३० दिनको राखिएको छ ।

Leave a Reply