सलमान खान डाक्टर र प्रहरी कुट्नेसँग रिसाए ( भिडियो)

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले भारत पनि आक्रन्त छ । भारतीय सरकारले यसको रोकथामका लागि मे ३ अर्थात् वैशाख २१ सम्म लकडाउन गरिरहेको छ । नायक सलमान खान लकडाउनका कारण आफ्नो पार्म हाउसमा छन् । सलमान पार्म हाउसमै रहेपनि उनले समय-समयमा भिडियो सन्देशमार्फत जनतालाई सजग भने बनाइरहेका छन् ।

कोरोना भाइरसको लडाइमा सलमानले बलिउडमा काम गर्ने २५ हजार मजदुरलाई ६/६ हजार रुपैयाँ सहयोग गरिसकेका छन् । उनै, सलमानले सार्वजनिक गरेको नयाँ भिडियोमा उनी रिसाएका देखिन्छन् । उनी रिसाउनुको कारण, मानिसहरु घर बाहिर निस्किएर रोग फैलाएकोमा हो । सलमानले, डाक्टर र प्रहरीमाथि ढुंगा हान्नेहरूलाई चेतावनी दिँदै आफू र परिवारको जीवन खतरामा नपार्न पनि भनेका छन् ।

सलमानले भनेका छन्–‘सरकारले दिएको आदेश कडा रुपमा पालना गरेर चीन खराब समयबाट बाहिर आइसकेको छ । भारतमा भने केही यस्ता मान्छेहरुका कारण भाइरस दिनानुदिन बढिरहेको छ । आफू र परिवारलाई एकसाथ देख्न चाहनुहुन्छ भने घर भित्रै बस्नुहोस् ।’सलमानले घर बाहिर ननिस्कने हो भने पुलिसले लाठी पनि नहान्ने भन्दै, ‘के मानिस पिटेर पुलिसलाई मनोजञ्जन हुन्छ भन्ने सोच्नुभएको छ ?’ भनेर प्रश्न गरेका छन् ।

Leave a Reply