अभिनेता अल्लू अर्जुनले कोरोना प्रभावितको लागि गरे १ करोड २५ लाख सहयोग

साउथ सुपरस्टार अल्लू अर्जुनले आन्ध्र प्रदेश, केरेला र तेलंगाना राज्यमा कोरोना भाइरस महामारीबाट प्रभावित मानिसहरुको लागि भारतीय १ करोड २५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

अभिनेता अल्लू अर्जुनले इन्स्टाग्राममा एउटा भिडियो मार्फत सहयोग गर्ने घोषणा गरेका हुन् । सार्वजनिक भिडियोमा थप यस महामारीबारे जागरूकता फैलाउदै उहाँले भनेका छन् ,“हामी सबैलाई थाहा छ यस महामारीसंग लड्ने एउटा मात्र उपाय भनेको आफ्नो हात राम्ररी दिनदिनै धुने र आइसोलेसन अभ्यास गर्नु हो । म आशावादी र विश्वस्त छु कि एकसाथ हामी मिलेर यो कठिन समयलाई लड्न र अन्त्य गर्न सक्छौ । ”

Leave a Reply