नायक शाहरुखको राहत कोषमा रकम देखि ५० हजार पीपीइसम्म सहयोग

बलिउड चर्चित नायक शाहरुख खानले कोरोना संक्रमणसँग जुध्नका लागि विभिन्न ७ शिर्षकमा सहयोग गर्ने घोषणा गरेका छन् । यस बारे शाहरुख आफैले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्विर मार्फत जानकारी दिएका हुन् । नायक अक्षय कुमारले २५ करोड सहयोग गरेसँगै शाहरुखको आलोचना पनि भएको थियो । उनै, साहरुखको कम्पनी रेड चिल्लीले जारी गरेको विज्ञप्तीमा विभिन्न ७ शिर्षकमा सहयोग गर्ने बताइएको छ । योसँगै शाहरुखले विभिन्न ६ राज्यमा सहयोगको योजना सार्वजनिक गरेका छन् । यसका साथै, शाहरुखले प्रधानमन्त्री राहत कोष, महाराष्ट्र मुख्यमन्त्री राहत कोष र वेष्ट बंगाल मुख्यमन्त्री राहत कोषमा सहयोग गर्ने बताएका छन् ।

त्यसैगरी शाहरुखको क्रिकेट टिम र उनको एनजीओले बंगाल र महाराष्ट्र सरकारलाई ५० हजार पीपीई उपलब्ध गराउने बताएको छ । यस्तै, शाहरुखको एनजीओ मीर फाउन्डेशनले एक महिनासम्म मुम्बइका ५५ सय परिवारका लागि खानको समेत व्यवस्था गर्नेछ । यस्तै, अस्पतालमा पनि खानको व्यवस्था गर्ने बताइएको छ । शाहरुखको यती लामो सहयोगको चर्चा अहिले सामाजिक संजालमा खुबै भैरहेको छ । शाहरुख , सबैभन्दा धेरै च्यारेटी गर्ने बलिउड कलाकार समेत हुन् ।

Leave a Reply