‘दुई नम्बरी’को ‘झलल आयो तिम्रो याद’ गीतमा सौगात र उपासनाको रोमान्स

निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘२ नम्बरी’ को पहिलो गीत ‘झलल आयो तिम्रो याद’ सार्वजनिक भएको छ । रोमान्टिक गीतमा मेलिना राई र जयन जे. वाइवाको स्वर छ भने गायक वाइवाकै शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री उपासना सिंह ठकुरीबीचको रोमान्स देखाइएको छ ।

गीतमा सौगात र उपासनाको केमेस्ट्री सुहाएको देखिन्छ । यी दुईले पहिलोपटक एकसाथ चलचित्रमा काम गरेका हुन् । गीतको भिडियोमा सौगात र दयाहाङ राईबीचको मित्रतालाई पनि देखाइएको छ । आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको निर्माणमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले अमलादेवी राई र जयश श्रेष्ठसँग सहकार्य गरेका छन् । चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रको सम्पूर्ण छायांकन २६ दिनमा सकिएको थियो । कास्कीको ल्वाङ गाउँदेखि छायांकन सुरु भएको चलचित्रको सम्पूर्ण छायांकन त्यही भएको हो ।

एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा बन्ने चलचित्र ‘२ नम्बरी’ले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएक चलचित्रमा कार्यकारी निर्माताको रुपमा किरण नेपाली छन् । चलचित्रमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । भने, कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply