सुरु भयो धिरज र जसिताको ‘आई एम ट्वान्टी वान’को छायांकन

कोरियोग्राफर तथा निर्देशक रेनाशा वान्तवा राईको निर्देशनमा बन्ने चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सुरु हुने भएको छ । निर्माण घोषणा भएको लामो समय सम्म पनि काम सुरु गर्न नसकेको र कोरोना महामारीले रोकिएको चलचित्रको छायाङ्कन आज घटस्थापनाबाट हुन लागेको हो । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ ।

‘आइ एम ट्वान्टी वान’ नृत्यको कथामा आधारित भएर निर्माण हुनेछ । चलचित्रको वर्कशप चलेको पनि लामै समय भैसकेको छ । यस चलचित्रमा अभिनेत्री जसिता गुरुङ र धिरज मगरको मुख्य भूमिका रहेको जनाइएको छ । यस चलचित्रमा अन्य कलाकारहरुको बारेमा भने जानकारी गराइएको छैन । धिरज र जसिताको जोडीलाई पर्दामा हेर्न दर्शक आतुर छन् ।

Leave a Reply