उपासनाको बोल्ड अवतार!

चलचित्र ‘क्याप्टेन’ मार्फत नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी अभिनेत्री हुन्, उपासना सिंह ठकुरी । ‘क्याप्टेन’मा उनको जोडी अनमोल केसीसँँग बाँधिएको थियो । युवापुस्तामा राम्रो क्रेज बनाएकी उपासना इन्स्टाग्राममा सक्रिय छिन् । उनी नेपाली सेलिब्रेटीहरुमध्ये इन्स्टाग्राममा धेरै समय बिताउने र राम्रो फलोअर्स भएकी अभिनेत्री मध्य एक हुन् । इन्स्टामा उनलाई पछ्याउनेको संख्या दुई लाख बढि छ ।

उनै,अभिनेत्रीले ‘हट एन्ड बोल्ड’ तस्वीर शेयर गरेकी ​छिन् । शनिवार इन्स्टाग्राममा उनले आफ्नो फोटोसुटको तस्विर र भिडियो पोस्ट गरेकी छन् । उनले तस्विरमा गुलाब फुलको गुच्छाले आफ्नो छाती छोपेकी छन् र निकै बोल्ड अवतारमा देखिएकी छन् ।

दोस्रो चलचित्रको रुपमा ‘कबड्डी’ को तेस्रो सिरिजमा काम गरेकी उनले चलचित्र ‘डिसेम्बर फल्स’ मा काम गरेकी थिइन् । त्यसपछि उनले कोरियोग्राफर कविराज गहतराजले निर्देशन गर्ने चलचित्र ‘मिरर’ साइन गरिन् । उनी राजेश हमालको मुख्य भूमिका रहने चलचित्र ‘सत्यम्’ मा पनि अनुबन्ध भइन् । तर, कोरोनाका कारण दुवै चलचित्रको छायांकन रोकिएको छ ।

Leave a Reply